७ कार्तिक २०८३, शनिबार

राउटे युवतीहरूमाथि दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्न राप्रमसंको माग

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (राप्रमसं)ले सुर्खेतमा राउटे युवतीहरूमाथि दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको माग गरेको हो । घटनाका कारण ती युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने देखिएको भन्दै पीडित युवतीहरुको गोपनीयताको संरक्षण गर्न समेत संगठनले जोडदार माग गरेको छ ।

‘उनीहरुको भौतिक सुरक्षा गरी जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न, सामाजिक सञ्जालमा देखिएका भिडियो, फोटोहरु हटाउन, राउटे संकृतिहरुलाई लोभ, लालच, प्रलोभन देखाई आफ्नो व्यक्तिगत फाईदा उठाउने व्यक्तिलाई राउटे बस्तीमा जान रोक लगाउन, राउटे समुदायहरुको सम्पूर्ण सुरक्षा, गाँस, बास र कपासको तुरुन्त ब्यबस्था गर्न र प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानूनी कारबाही गर्न राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का तीन जना युवायुहरूले स्थानीय राउटे समुदायका युवतीहरुलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएलगत्तै दुर्व्यवहारमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।