७ कार्तिक २०८३, शनिबार

एन्जियोप्लास्टीपछि हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

अचानक मुटुमा समस्या देखिएपछि उनलाई गत शुक्रबार राति नै गंगागाल अस्पताल भर्ना गरिएको थियो । शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरी दुईवटा स्टयाण्ड राखिएको छ ।

एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । मनदकृष्णका छोरा यमनका अनुसार आइतबार आइसीयूबाट डिलक्स रुपमा सारिएको छ । अहिले स्वास्थ्य अवस्था ठिक छ ।

डेढ वर्ष मुटुको एन्जियोप्लास्टी गरी एउटा स्ट्यान्ड राखिएको थियो । मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए ।