काठमाडौं, २५ जेठ । कोरोना भाइरसको संक्रमणका कारण संस्कृतिविद् एवं कलाकार एकाराम सिंहको निधन भएको छ ।
बाल साहित्य एवं चित्रकलामा ख्याति कमाएका उनको ५३ वर्षको उमेरमा हिजो सोमबार निधन भएको हो । उनी कपनस्थित करूणा अस्पतालको आइसीयुमा उपचाररत थिए ।
काठमाडौं महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पारेका उनले राणा प्रधानमन्त्री एवम् राजपरिवारका सदस्यहरूको समेत कैयौं चित्र कोरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस