७ कार्तिक २०८३, शनिबार

साल्ट ट्रेडिङ कर्पोरेशनले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खाद्यान्न बिक्री गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । साल्ट ट्रेडिङ कर्पोरेशनले आज मंगलबारदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खाद्यान्न बिक्री गर्ने भएको छ ।

खाद्य सामान बिक्रीका लागि खोलिने आफ्ना विक्री केन्द्रको समय परिवर्तन गर्दै कर्पोरेश्नले यस्तो जानकारी दिएको हो । यसअघि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विक्री गर्दै आएकोमा सरकारले घोषणा गरेको २० प्रतिशत छूटको सामान बिक्री गर्न थालेसँगै बिक्री केन्द्रमा भीड बढेपछि समय परिवर्तन गरिएको बताएको छ ।

कर्पोरेशनले गएको शुक्रबारदेखि उपत्यकाका विभिन्न पाँच वटा विक्री केन्द्रमार्फत प्रतिपरिवार (पाँच जनासम्म) का लागि (एसटीसी ग्यास) एक सिलिण्डर, आँटा, तेल, चिनी, नुनलगायतका सामानमा यसअघि विक्री गर्ने मूल्यमा २० प्रतिशत छूटमा विक्री गर्दै आएको छ ।

छुटको सामान किन्न कर्पोरेशनका विक्री केन्द्र १० बजे मात्रै खुल्ने भए पनि उपभोक्ता विहानै ८ बजेदेखि लाइन लाग्ने गरेका छन् ।