१५ कार्तिक २०८३, आइतबार

चीनसँग जोडिएको पालिकामा १८ वर्ष माथिका सबैले चिनियाँ खोप लगाउन पाउने

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । चीनसँग सीमा जोडिएको स्थानीय तहका १८ वर्ष भन्दा माथिका नागरिकले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

सरकारले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूह र उपत्यकाबाहिर ६२ देखि ६४ वर्षका नागरिकलाई दिन लागेको भेरोसेल खोप चीनसँग सीमा जोडिएको स्थानीय तहमा भने १८ वर्षभन्दा माथिका सबै नागरिकलाई दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागले सोमबार सातै प्रदेशका स्वास्थ्य सेवा निर्देशनालय र आपूर्ति कार्यालयको नाममा परिपत्र गर्दै भनेको छ, ‘तिब्बतसँग सिमाना जोडिएको जिल्लाका पालिकाहरुमा यसअघि खोप लगाउन बाँकी १८ वर्षमाथिका सबै नागरिकलाई पहिलो मात्रा खोप दिने ।’

काठमाडौँ उपत्यकामा भने ६० देखि ६४ वर्षका नागरिकले मंगलबारदेखि नै चिनियाँ खोप पाउनेछन् ।