
काठमाडौं, २४ जेठ । माछापुच्छ्रे बैंकले सिराहाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज आइतबार सो सामग्री प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूूनीकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्कलगायत सामग्रीहरु प्रदान गरेको हो ।
बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले ती सामग्री कल्याणपुुर नगरपालिकाका कार्यवाहक मेयर रोहिणी कुमारी यादवलाई आइतबार हस्तान्तरण गरेका हुन् ।















प्रतिक्रिया