७ कार्तिक २०८३, शनिबार

पार्टी एकतामा तुलसीपुरका मेयरको जोड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), २४ जेठ । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले नेकपा एमालेको एकतामा जोड दिएका छन् ।

टुटफुट र विभाजनले पार्टी, गन्तव्यमा पुग्न नसक्ने र त्यसले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने भएकाले एकता नै अहिलेको सबैभन्दा बलियो आधार भएको उनको भनाइ छ । ‘सबैले मनन् गरौं । एकतामा नै बल छ । एकताबाट नै समृद्धि सम्भव छ,’ नगर प्रमुख पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

हजारौं योद्धाहरुको त्याग र बलिदानले मात्रै पार्टीलाई यहाँसम्म ल्याएको बताउँदै नगरप्रमुख पाण्डेले राष्ट्र, जनता र आन्दोलनको हितलाई केन्द्रविन्दुमा राखेर सकारात्मक सोचका साथ पार्टी एकतामा लाग्न नेताहरुलाई आग्रह गरेका छन् ।