७ कार्तिक २०८३, शनिबार

जनता एमालेको साथमै छन्, अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं : पोखरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अब नेताहरुको मन मिलाउने र पार्टी बनाउने कुरामा लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अगाडि सारेपछि प्रतिक्रिया जनाउँदै पोखरेलले अहिले पनि जनता नेकपा एमालेमो साथमै रहेकाले कुँडिएको मन मिलाउन र पार्टी एकतालाई बलियो बनाउने कुरामा ढिला गर्न नहुने बताएका हुन् ।

यद्यपि उनले पार्टी मिलाउन र कुँडिएका मनहरू मिलाउन नेतृत्वकै पहलको खाँचो रहेको बताएका छन् । कार्यकर्ता तथा तल्लो तहमा कुनै पनि समस्या नरहेको दाबी गर्दै पोखरेलले फेसबुकमा लेखेका छन्, ‘जेठ २ मा फर्किने कुरा भो । अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं । जनता पार्टीको साथमै छन् । समस्या नेतृत्वबीच हो । पहल गरौं ।’

नेताहरूबीच कुरा मिल्दा पार्टी पुरानै अवस्थामा फर्किने उनको भनाइ छ ।