५ मंसिर २०८३, शनिबार

छ बुँदे प्रस्तावलाई प्रस्थान विन्दु बनाएर एमालेलाई बचाऔँः घिमिरे

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । सत्तारुढ एमालेका युवा नेता संविधानसभाका उम्मेदवार विदुरप्रसाद घिमिरेले प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीद्वारा पार्टी एकताका लागि प्रस्ताव गरिएको ६ बुँदाको स्वागत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नेता घिमिरेले अध्यक्ष ओलीले सबैलाई मिलाएर लैजान प्रस्ताव ल्याएको भन्दै नेताद्वय माधव नेपाल–झलनाथ खनाल समूहलाई इगो नलिएर पार्टी एकतामा सामेलन हुन अनुरा गरे ।

‘प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीज्यूबाट प्रस्ताव भएको ६ बुँदा क्रान्तिकारी छ । केही कुरा चित्त बुझ्दैन भने कोठाभित्र बसेर छलफल गरेर मिलाउन सकिन्छ’, उनले भने, ‘सबै पक्ष एक कदम पछाडि हटेर भए पनि एमालेको एकतालाई जोगाउनुपर्छ । एमाले बचाउने दायित्व शीर्ष नेताहरूको हो ।’

उनले विपक्षी दलहरूसँग मिलेर आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउन षड्यन्त्र गर्ने कार्य एमालेका कार्यकर्ताका लागि कदापी स्वीकार गर्न सक्ने विषय नरहेको बताए ।

‘पार्टी विभाजनकौ मौका छापेर केही अराजक तत्वहरू सक्रिय छन् । त्यस्ता तत्वहरू पार्टी एकता चाहँदैनन् । अध्यारो कोठामा बसेर पैसा मागेर खाने त्यस्ता प्रवृत्ति भएकाहरू पार्टी एकताको पक्षमा छैनन्’, उनले भने, ‘त्यस्ता अवसरवादीहरूसँग सतर्क हुनुपर्छ ।’

एमालेका युवा नेता घिमिरेले एमालेलाई बचाउन युवाहरूको ठूलो आवश्यक्ता रहेको भन्दै दवाव सिर्जना गर्न पनि आग्रह गरेका छन् ।

पार्टीभित्रको विवाद मिलाउन कार्यदल दल बनेको बताएका नेता घिमिरेले भने, ‘त्यो कार्यदलमा रहेका सदस्यहरू आफ्नो विधामा विज्ञ हुनुहुन्छ । त्यहाँ बसेर विवाद मिलाउनुस् । एमाले रह्यो भने हामी रहन्छौँ । एमाले नै रहने भने कसैको पनि अस्तित्व नरहन सक्छ । आफ्नै पार्टीको सरकारलाई असहयोग गर्ने कार्य तत्काल बन्द गरौँ ।’