७ कार्तिक २०८३, शनिबार

प्रदेश २ मा आजदेखि बजेट अधिवेशन शुरू हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २४ जेठ । प्रदेश २ को प्रदेशसभामा आजदेखि बजेट अधिवेशन हुरू हुने भएको छ ।

प्रदेश २ सरकारले प्रदेशसभाको चालू पाँचौं अधिवेशन अन्त्य गरेर आज बजेट अधिवेशन आह्वान गरेको हो । यो सँगै आज छैटौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।

बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आर्थिक वर्ष २०७८/०७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ ।

प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी सरकारको आव २०७८/०७९ को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसद्मा प्रस्तुत हुने भएको छ ।