नयाँदिल्ली, २४ जेठ । भारतले आउँदो डिसेम्बर भित्रमा सबै वयस्क मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दाबी गरेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले आउँदो अगस्ट महिनादेखि प्रति महिना ४० करोड डोज खोप दिएर डिसेम्बरसम्ममा सबै मानिसलाई खोप लगाइसक्ने दाबी गरेको बीबीसीले जनाएको छ।
पाँच महिनामा एक सय आठ करोड मानिसका लागि दुई सय १६ करोड डोज खोप आवश्यक पर्ने र त्यो जुटाउन भारत सरकार सक्षम रहेको मन्त्रालयको दाबी छ ।
अगस्टदेखि डिसेम्बर महिनामा ७५ करोड डोज कोभिशिल्ड, ७५ करोड डोज कोभ्याक्सिन र जोनोवा, स्पुतनिक लगायतका खोप ६० करोड डोज उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।
जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरेको भारतले अहिलेसम्म २२ करोड डोज खोप लगाएको छ । भारतमा कुल जनसङ्ख्याको झण्डै चार दशमलव दुई प्रतिशत मानिसले खोप लगाइसकेका बताइएको छ ।















प्रतिक्रिया