३ कार्तिक २०८३, मंगलबार

विवाहपछि पहिलो फिल्म साइन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका काजल अग्रवालले नयाँ फिल्म साइन गरेकी छिन् । सुजय घोषले निर्माण गर्ने फिल्मको नाम ‘उमा’मा काजोलले मुख्य भूमिका निर्वाह गर्ने छिन् ।

उनले आफू यो फिल्मका लागि उत्साहित रहेको बताउँदै फिल्मको सेटमा फर्कन आतुर रहेको बताएकी छिन् । फिल्मको विषय विवाहकै पृष्ठभूमिसंग जोडिएको छ ।

तमिल र तेलगुसँगै हिन्दी फिल्ममा अभिनय गर्ने काजलले गत वर्ष विवाह गरेकी थिइन् । त्यसयता उनले साइन गरेको ‘उमा’ पहिलो फिल्म हो ।

दक्षिण भारतको तुलनामा भने उनले हिन्दी फिल्ममा सोचेझैं सफलता पाएकी छैनन् । उनले अजय देवगनको ‘सिंघम’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनी दक्षिण भारतको चर्चित कलाकार मानिन्छिन् ।