
काठमाडौँ, २३ जेठ । प्याब्सन, एनप्याब्सन र मिदास टेक्नोलोजिज् प्रा.लि. को संयुक्त प्रयासमा मेरो डाक्टर अनलाइन भिडियो कन्सल्टेशन सर्भिस सुरु गरेको छ ।
कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू चिकित्सककोमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजीज्प्रा. लि. को सहकार्यमा आफ्ना सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर Mero Doctor – Online Video consultation Serviced मार्फत कुनैपनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क मिलाइएको हो ।
मिदास टेक्नोलोजीज् प्रा. लि. ले सञ्चालनमा ल्याएको मेराे डाक्टर (टेलिमेडिसिन) मा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध छन् ।
बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट मेराे डाक्टर मा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नुहुनेछ ।
मिदास टेक्नोलोजीज् प्रा. लि. शिक्षामा जस्तै स्वास्थ्यमा पनि यहाँहरुलाई सेवा गरी सहयोग गर्न पाउँदा सहयात्री एवं सहयोगी महसुस गर्दछ।
Mero Doctor बाटसेवा कसरी लिने?
– बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट यो Telemedicine सेवा लिन सक्नुहुनेछ।
– यदि एन्ड्राेइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट ‘Mero Doctor’ एप डाउनलोड गर्न सकिन्छ।
– आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर ‘Mero Doctor’ एप डाउनलोड गर्न सकिन्छ।
– ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा ‘www.merodoctor.com’ टाइप गरेर यो सेवा लिन सकिन्छ।
– ‘Mero Doctor’ कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com/help तपाईँलाई थप मद्दत गर्नेछ । तपाईँहरूको सजिलोका लागि यो लिंकमा म्यानुअल राखिएको छ ।
– वा निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छः
9847691129, 9823012581, 9847393153, 9847396536















प्रतिक्रिया