
काठमाडौँ, २३ जेठ । स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिबद्घता देखाउ“दै एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ ।
एनएमबि बैंकले यस विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० % सम्म फाईनान्सिङ्ग, ७ वर्ष कर्जा अवधी, प्रशानिक शुल्कमा ०.२५% छुटको अफर ल्याएको हो ।
साथै, एनएमबि बैंक लिमिटेड र माउन्टेन बाईक विक्रेताहरु बीच जुन महिना भरी ०% इएमआइमा शुन्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साईकल बुक वा खरीद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ ।
यस अन्तर्गत एनएमबिका ग्राहकहरुले एपिक माउन्टेन बाईक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काडमाण्डौं बाईक स्टेशन पानीपोखरी, साईकल ल्याण्ड, काडमाण्डौंबाट माउन्टेन बाईकहरु ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दिमा खरीद गर्न सक्नेछन् ।
हालको परस्थिती र सरकारले जारी गरेको सुरक्षाको मापदण्डसँगै अघि बढ्ने उद्देश्यकासाथ उक्त योजना अघि सारिएको हो । वातावरणीय संरक्षण र ग्राहकहरुको आवश्यकतालाई सघाउ पुर्याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले नयाँ सुविधाहरु प्रस्तुत गरेको हो ।
हाम्रो पर्यावरण भावी पुस्तालाई सुरक्षित तबरले हस्तान्तरण गर्न हाम्रो आफ्नैं प्रयासले मात्र सक्षम हुनेछ भन्ने संदेश एनएमबि बैंकले दिएको छ ।
“बैंक ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गको सदस्यको नाताले शुन्य कार्वन उत्सर्जनको लागी वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्ध रही आफ्ना ग्राहकवर्गहरुको आवश्यकता सम्बोधन गर्न उपरोक्त प्रयास गरिएको हो ।” बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ निरन्तर प्रस्तुत गर्दै आइरहेको छ । छुट तथा सुविधा सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को इन्टरेस्ट रेट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।















प्रतिक्रिया