
काठमाडौँ, २३ जेठ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।
नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम पनि अहिलेसम्मकै धेरै भएको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५०.१३ अंकले बढेर २९०६.८९ हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
त्यस्तै, आइतबार ठूला ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.८३ अंकले बढेर ५२०.९९ विन्दुमा पुगेको छ ।
आज कुल २१८ कम्पनीका ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १ लाख ७१ ह्जार ६० पटक किनबेच भएको छ । जसका कारण १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँको कारोबार भएको छ ।















प्रतिक्रिया