७ कार्तिक २०८३, शनिबार

रुपन्देहीमा घाटी रेटेर यादवको हत्या

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २३ जेठ । धारिलो हतियार प्रयोग गरी रुपन्देहीमा एक व्यक्तिको हत्या भएको छ ।

ईलाका प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ वर्षीय महेन्द्र यादवको शनिबार राति हत्या भएको हो ।

तीन सन्तानका बाबू समेत रहेका यादवलाई घरबाट एक किलोमीटर पश्चिम नाला नजिकै लिएर घाँटी रेटेर हत्या गरिएको पाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी दिए ।

उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।