
सुर्खेत, २३ जेठ । राउटे समुदायका युवतीलाई होटेलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले तीनजना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक बिनोद पुन छन् । उनीहरूले दुई जना राउटे युवतीलाई होटेलमा लगेर मदिरा सेवन गराई भिडियो बनाएर सामाजिक सञ्जालमा समेत पोष्ट गरेका छन् ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै चौतर्फी दबाब बढेपछि प्रहरीले तीनजनालाई शनिबार पक्राउ गरेको हो ।















प्रतिक्रिया