२ कार्तिक २०८३, सोमबार

युरोकप अघिको मैत्रीपूर्ण खेलमा रुससँग बुल्गेरिया पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २३ जेठ । युरोकप अघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ ।

शनिबार राति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले हरायो । उसका लागि सोभोलेभले ८४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । फिफा वरीयतामा रुस ३८ औं स्थानमा छ भने बुल्गेरिया ७१ औं स्थानमा रहेको छ ।

अर्को खेलमा वेल्स र अल्बानियाले गोलरहित बराबरी खेलेका छन् । विश्व वरीयतामा १७ औं स्थानको वेल्सले ६६ औं स्थानको अल्बानियालाई हराउन सकेन ।

स्वीडेनले अर्मानियालाई ३–१ गोलले हराएको छ । युरोकप फुटबल आउँदो शुक्रवार रातिदेखि सुरु हुँदैछ ।