५ मंसिर २०८३, शनिबार

सिरहामा औषधि व्यवसायी साफीलाई गोली प्रहार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २३ जेठ । सिरहा जिल्लामा गोली प्रहार हुँदा औषधि व्यवसायी सामसागर साफी घाइते भएका छन् ।

मिर्चेया नगरपालिका– ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक साफीमाथि गोली प्रहार गरिएको हो । पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८ बजेतिर आएको अज्ञात समूहले करिब ४० वर्षका साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

दुई राउण्ड गोलीमध्ये साफीलाई एउटा हातमा र अर्को तिघ्रामा लागेको सिरहा प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले जानकारी दिए ।

गोली प्रहारबाट घाइते भएका साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको र घट्नाको विषयमा अन्य अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।