३ कार्तिक २०८३, मंगलबार

सेतो विकिनीमा शनाया

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायक सञ्जय कपुर र महिप कपुरकी छोरी शनाया कपुरले रंगीन दुनियाँमा पाइला राखिसकेकी छैनन् । उनी बलिउडका लागि नयाँ र नौलो नाम भने होइनन् । उनले ‘स्टार किड्स’का रूपमा बलिउडमा चर्चा बटुल्दै आएकी छन् ।

२१ वर्षीया शनाया सानै उमेरमा बलिउडमा पाएको चर्चालाई थप उचाइमा पुर्‍याउने अभियानमा छिन् । अर्थात् उनी चाँडै नै रंगीन दुनियाँमा पाइला राख्ने तयारीमा छिन् । यसका लागि उनले आफूलाई तयार पनि गरिरहेकी छिन् । शनाया आफ्नो बोल्ड छविका कारण चर्चामा छिन् ।

उनले हालै आफ्ना बोल्ड तस्बिर सामाजिक सञ्जालमा पोस्ट् गरेकी छन् । सेतो विकिनीमा मेक्सिकन ह्याटमा सजिएकी उनलाई निकै हट देखिएको छ । उनको हट अवतारलाई फ्यानहरूले पनि प्रशंसा गरिरहेका छन् ।

शनायाको फोटोले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ । ‘मानसिक रूपमा मैले आफू मेक्सिकोको समुद्री किनारमा रहेको अनुभव गरिरहेकी छु’, उनले तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छन् । उनको पोस्ट्मा आमा, बुवासँगै अन्य थुप्रै भारतीय कलाकारले पनि कमेन्ट गरेका छन् ।

बलिउडमा डेब्यु गर्नुअघि नै फ्यानको मनमा बस्न सफल शनाया कपुरले यही जुलाईमा धर्मा प्रोडक्सनको ब्यानरमा बलिउडमा डेब्यु गर्ने तयारी गरेकी छन् । यस बारेमा उनले गत मार्चमै विस्तृतमा जानकारी दिएकी थिइन् ।

उनले यसअघि नै ‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’मा सहायक निर्देशकका रूपमा काम गरेकी थिइन् । उनले नेटफ्लििक्स सिरिज ‘फ्याबुलस लाइभ्स अफ बलिउड भाइब्स’मा समेत काम गरिसकेकी छन् ।