
काठमाडौ, २२ जेठ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले सुनसरीमा कोरोना संक्रमणबाट प्रभावित बनेकाहरुलाई राहत वितरण गरेको छ ।
समाजले दुहवी आसपासका क्षेत्रमा अति नै प्रभावित बनेका नागरिकहरुलाई खाद्यन्न राहत वितरण गरेको हो । समाजले नेपाल कार्यसमितिकी सदस्य रोजीना खातुनको नेतृत्वमा खाद्यन्न हस्तान्तरण गरेको हो ।
समाजले देशका अन्य स्थानमा राहत वितरण गरिसकेको छ ।












प्रतिक्रिया