१५ कार्तिक २०८३, आइतबार

महतोले फेरि दिए विवादास्पद अभिव्यक्ति

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । शुक्रबार मात्रै नेपाल सरकारका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोले विवादास्पद अभिव्यक्ति दिएका छन् ।

मन्त्री नियुक्त भएसँगै देश टुक्राउने अभिव्यक्ति दिएका महतोले शनिबार जसपाको कार्यालयमा भएको कार्यक्रममा पनि नेपाल टुक्र्याउने अभिव्यक्ति फेरि दिएका हुन् ।

महतोले पुनः नेपाल एकल राज्य नभएर बहुल राज्य हुनुपर्ने बताए । सबै समुदायलाई समेट्न यस्तो हुनुपर्ने उनको दावी छ ।

यद्यपि त्यो अभिव्यक्ति अर्थ के हो भन्नेबारे उनले खुलाएनन् । कतिपय जानकारहरुले भने देश टुक्र्याउने अभिव्यक्ति भनेर आलोचना गरेका छन् ।