१५ कार्तिक २०८३, आइतबार

काठमाडौँमा बोरिङ गर्दा निस्कियो प्रज्वलनशील ग्यास

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । काठमाडौँमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दैगर्दा छुट्टै ग्यासको गन्ध आएपछि लाइटर बाल्दा ग्यास बलेको स्थानीयले बताएका छन् ।

काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो प्रज्वलनशील ग्यास निस्किएको बताइएको छ ।

स्थानीयले प्रहरीलाई खबर गरेका छन् । प्रहरीले सम्बन्धित विज्ञको विभागसँग समन्वय गरेर ग्यासको पहिचान गर्न तर्फ लागेको छ ।