२ कार्तिक २०८३, सोमबार

स्पेन र पोर्चुगलबीच गोलरहित बराबरी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २२ जेठ । स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । शुक्रबार राति मड्रिडको मेट्रोपोलिटानो रंगशालमा भएको युरो २०२० को वार्मअप खेलमा स्पेनले पोर्चुगलसँग बराबरी खेलेको हो ।

२७ वर्षीय म्यान्चेस्टर सिटीका डिफेन्डर लापोर्टेले हालसालै स्पेनकको नागरिकता लिएपछि पोर्चुगलसँगैको खेलमा डेब्यू गरेका थिए । फ्रान्सको सिनियर टिमबाट भने उनले खेलका थिएनन् ।

खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको भएपनि स्पेन गोल गर्नबाट चुकेको थियो । स्पेनले गोल गर्न पाएको दुई मौकालाई सदुपयोग गर्न सकेन। मोराटा र फेरन टोरेस गोल गर्नबाट चुकेका हुन् ।

पोर्चुगिज स्ट्राइकर रोनाल्डोले गोल गर्ने एक महत्वपूर्ण अवसर गुमाएका थिए ।