१५ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा उदयरपुरमा राहत वितरण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । उदयपुर अन्तराष्ट्रिय नेपालि समाज (इन्स) ले उदयपुरमा कोरोना महामारीका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरेको छ ।

देशभर नै राहत वितरण गर्ने समाजको उद्देश्यअनुरुप शुक्रबार उदयपुरमा राहत वितरण गरिएको समाजका केन्द्रिय उपाध्यक्ष झलक बुढाथोकीले जनाए ।

बुढाथोकीको नेतृत्वमा समस्यामा परेका नागरिकहरुलाई समाजका महिला समिति उपाध्यक्ष नजबुल खान, राष्ट्रिय समिति नेपालका सदस्यहरु रुपा राई र पारु विश्वकर्माको सक्रियतामा उदयपुरको कर्णाली भनेर चिनिने विकट पहाडी बस्ति लिम्चुङबुङ गाउँपालिकामा खाद्यन्न राहत वितरण गरिएको हो ।

कोरोना संक्रमण तिब्ररुपमा फैलिइरहेकोले उक्त स्थानमा संक्रमित भएका वा नभएकाहरुलाई पौष्टिक तत्वसहितका राहत उपलब्ध गराइएको छ ।

समाजले स्थानीय अगुवाहरुको रोहवरमा १५ बोरा चामल, १० क्रेट अण्डा, १ बोरा चना, १ बोरा मटर, १ बोरा मुगीको दाल, १ कार्टुन स्याउ, १ कार्टुन अनार र केहि थान पीपीई हस्तान्तरण गरेको हो ।

अन्तर्राष्ट्रिय नेपाली समाजको केन्द्रीय समितिअन्तर्गत कोभिड रिलिफ टास्क फोर्सको सक्रियतामा विदेशमा रहेकाहरुले आफ्नो गाँस कटाएर कोरोनासँग लड्न राहत हुने भन्दै सहयोग पठाइएको समाजका केन्द्रीय उपाध्यक्ष ईश्वर राईले बताए ।