७ कार्तिक २०८३, शनिबार

‘कोरोनाभ्याक’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति, तत्काल १० लाख डोज ल्याइने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, जेठ २१ – औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ ।

सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो । विभागले यसअघि नै चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइसकेको छ ।

‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि सिनोभ्याकले उत्पादन गरेको उक्त खोपलाई यसैसाता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि आपतकालीन प्रयोगका लागि अनुमित दिएको थियो ।

विभागले प्रयोग अनुमति दिएसँगै अबको बीस दिनभित्र १० लाख डोज खोप नेपाल ल्याउने गरी तयारी भइरहेको बताइएको छ । नेपालमा खोप आयातका लागि बायोमेटिक्सले अनुमति मागिसकेको बताइएको छ । बायोमेटिक्सले १० लाख खोप भण्डारणका लागि काठमाडौंमा भण्डारण गृह पनि निर्माण गरिसकेको छ ।