
काठमाडौँ, २१ जेठ । सरकारले मेलम्ची खानेपानीमा भएको चुहावट मर्मतका लागि १३ करोड रुपैयाँ निकासा विनियोजन गरेको छ ।
खानेपानी मन्त्रालयको सिफारिसमा हालै बसेको मन्त्रिपरिषदको बैठकले मेलम्ची खानेपानी वितरणमा भएको चुहावट नियन्त्रणका लािग १३ करोड रुपैयाँ निकासाको निर्णय गरिएको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
यस्तै चिन सरकारले दिन लागेको ३ हजार ५ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर स्वीकार गर्ने गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले नेपालको स्वास्थ्य क्षेत्र सुधार आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतको ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
वन पैदावार विकास समितिको कार्यकारी निर्देशकमा दीपा दहाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
कोभिड संकट व्यवस्थापन केन्द्रको निर्देशकमा बालानन्द शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।












प्रतिक्रिया