७ कार्तिक २०८३, शनिबार

राष्ट्रिय जनमोर्चाले कारबाही गरेर सांसद पद गुमाएका थापाले दिए सर्वोच्चमा रिट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विनाआधार पार्टीले कारबाही गरेको भन्दै रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट आज शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराएका थिए ।