७ कार्तिक २०८३, शनिबार

‎कतार एयरवेजले थाइल्याण्डको फुकेटमा पनि पुनः उडान शुरू गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । कतार एयरवेजले अन्तर्राष्ट्रिय हवाई यात्रा पुनः शुुरू गर्ने क्रममा १ जुलाइदेखि थाइल्याण्डको प्रसिद्ध गन्तव्यस्थल फुकेटका लागि पनि चार वटा साप्ताहिक उडानहरू शुरू गर्ने भएको छ ।

थाइल्यान्डका लागि कुल १६ साप्ताहिक उडानहरू सञ्चालन गर्नेछ, जसले यात्रुहरूलाई युरोप, मध्यपूर्व र संयुक्त राज्य अमेरिकाबाट यात्रा गर्ने थप सुविधा प्रदान गर्नेछ । छुट्टी तथा मनोरञ्जनका लागि संसारभरका पर्यटकहरूलाई थाइल्याण्डले स्वागत गर्ने यस समय पूूर्ण रूपमा खोप लगाएका यात्रुहरूले चाँडै नै फेरि यात्रा गर्न सक्ने बताइएको छ ।

कतार एयरवेज एवम् मध्यपूर्वको एक मात्र पाँचतारे कोभिड–१९ सुरक्षा मापदण्डयुुक्त हमद अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध उत्कृष्ट आतिथ्य र सेवाको लाभ उठाउन सक्ने बताइएको छ ।