
काठमाडौं, २१ जेठ । नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ ।
वरिष्ठताका आधारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको संवैधानिक इजलासमा उक्त सुनुवाइ शुरू भएको हो । राणाले आज शुक्रबार आफूसहित प्रधानन्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलास गठन गरेरे सुनुवाइ शुरू गरेका हुन् ।
नयाँ जारी गरेको नागरिकता अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्ने र नेपाली नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले ९ जेठमा नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । लगत्तै तत्काल अध्यादेश कार्यान्वयन नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीसहित अधिवक्ता विष्णुकुमारी गिरी,रामबहादुर शाहीलगायतले सर्वोच्चमा रिट दिएका थिए ।















प्रतिक्रिया