काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा)का युवा नेता केशव झाले ‘उठु मधेसी जागु मधेसी’ बोलको गीत ल्याएका छन् ।
जसपाको केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका नेता झाको संगीत, स्वर र शब्द रहको गीतमा एरेञ्ज निशान्त मल्लिक रहेको छ ।
झाको गीत राइजिङ मिडिया नेटवर्क नेपाल नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
पहिचानका लागि हरेक मधेसी जागरुक हुनुपर्ने र अधिकारका लागि उठ्नुपर्ने गीतको सन्देश छ। जसपा फुटको संघारमा पुगेका बेला एकतामा बाँधिनुपर्ने भाव गीतमा व्यक्त भएको छ ।















प्रतिक्रिया