
काठमाडौँ, २० जेठ । पछिल्लो २४ घण्टामा थप ५ हजार ९०४ जना कोरोनामुक्त भएका छन् ।
योसहित निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना पुगेको छ ।
गत २४ घण्टामा थप ६ हजार ८२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १८ हजार ५६२ पीसीआर र ३ हजार २११ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८२५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ जना रहेको छ ।
२४ घण्टामा थप ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ६३० सय जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया