१५ कार्तिक २०८३, आइतबार

थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ६ हजार ८२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १८ हजार ५६२ पीसीआर र ३ हजार २११ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८२५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ९०४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ जना रहेको छ ।

२४ घण्टामा थप ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ६३० सय जना पुगेको मन्त्रालयले जनाएको छ ।