२ कार्तिक २०८३, सोमबार

चीनको दोस्रो भ्याक्सिनलाई डब्लुएचओद्वारा मान्यता

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनले बनाएको अर्को भ्याक्सिनलाई पनि आपतकालीन प्रयोग अनुमति दिएको छ ।

डब्लुएचओले दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनलाई मंगलबार प्रयोग अनुमति दिएको हो । चीनसहित संसारका धेरै ठाउँमा प्रयोग भइरहेको सिनोभ्याकलाई डब्लुएचओले अनुमति दिएपछि अब कोरोनाभाइरसविरूद्ध चीनका दुईटा खोप हुने भएका छन् ।

यसअघि चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई डब्लुएचओले अनुमति दिइसकेको छ । सिनोभ्याक खोप अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ ।

‘१८ वर्षभन्दा माथिका मानिसहरूका लागि यो खोपको दुई डोज दुईदेखि चार साताको अन्तरमा लगाउन सिफारिस गरिन्छ’, डब्लुएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।