
रसुवा, १८ जेठ । रसुवागढी नाकाबाट १ हजार ५०० थान अक्सिजन सिलिन्डर भित्रिएको छ ।
चीन सरकारले अनुदानमा दिएकामध्ये १ हजार ५०० थान सिलिन्डर उक्त नाका हुँदै नेपाल भित्रिएको हो । गएको ७ गते बेइजिङबाट हिँडेका चिनियाँ गाडी आज नेपाल भित्रिएका हुन् ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चार वटा चिनियाँ गाडीले अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क ल्याएका छन् । ५ लाख २७ हजार ५०० थान एन नाइन्टी फाइभ मास्क आयात भएको कार्यालयले जनाएको छ ।















प्रतिक्रिया