७ कार्तिक २०८३, शनिबार

तुलसीपुर मेट्रो अस्पतालमा ६१ जनाले जिते कोरोना भाइरसको संक्रमण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), १८ जेठ । तुलसीपुर मेट्रो अस्पतालमा सञ्चालित कोरोना आइसोलेसनबाट अहिलेसम्म ६१ जनाले कोरोना भाइरसको संक्रमण जितेर घर फर्किएका छन् ।

शान्तिनगर र तुलसीपुरका सहित २ जना कोरोना संक्रमित मंगलबार कोरोना जितेर घर फर्किएपछि निको हुनेको संख्या ६१ जना पुगेको हो । कोरोना जितेका दुबै जनालाई लुम्बिनी प्रदेशका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र रामलखन हरिजनले स्वास्थ्य सामग्री दिएर विदाई गरे ।

सो अवसरमा राष्ट्रियसभा सदस्य भट्टराईले स्थानीय तहले आफ्नै लगानीमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन अस्पताल निर्माण गर्नु उदाहरणीय काम भएको बताए । कोरोना महामारीका बेला अक्सिजन र बेड नपाएर नागरिक छटपटिएको बेला आइसोलेसन अस्पताल निर्माण गर्नु प्रशंसनीय कार्य भएको उनको भनाइ छ ।

अस्पतालमा उपचार सेवा लिन आएका ११८ जना कोरोना संक्रमित बिरामीमध्ये ५ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ६१ जना निको भएर घर फर्किएको तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिए । त्यसैगरी ३४ जनालाई थप उपचारका लागि जिल्लाबाहिर पठाइएको छ ।

अहिले अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । वैशाख २८ गते राति ११ बजेदेखि सञ्चालनमा आएको कोरोना अस्पताल तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेको नेतृत्वमा एक हप्ताभित्र तयार भएको थियो ।

अस्पतालको व्यवस्थापन तथा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न व्यक्ति र सामाजिक संघसंस्थाले पनि सक्दो सहयोग गर्ने गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । भिमेसन शहरी स्वास्थ्य पवद्र्धन केन्द्रअन्तर्गत तुलसीपुर मेट्रो अस्पताल तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।