
काठमाडौं, १८ जेठ । चीन सरकारले अनुदानमा दिएको अक्सिजनसहितका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै धमाधम नेपाल भित्रिन थालेका छन् ।
हिजो सोमबार यो नाका हुँदै ८०० वटा भरी अक्सिजनका सिलिन्डर र ८०० वटा खाली सिलिन्डरसहितका स्वास्थ्य सामग्री नेपाल भित्रिएको बताइएको छ । प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार यसअघि गएको ८ गते यो नाकाबाट लिक्विड अक्सिजनसहित स्वास्थ्य सामग्री भित्रिएको थियो ।
यो नाकाबाट ३० हजार लिटर लिक्वड अक्सिजन नेपाल भित्रिसकेको छ । अहिलेसम्म तातोपानी नाकाबाट दुई पटक अनुदानका स्वास्थ्य सामग्री भित्रिएको छ । चीनले अनुदानमा दिने बाँकी सामग्री आउने क्रममा नै रहेको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ ।















प्रतिक्रिया