
काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)हरूको बैठक आज बस्ने भएको छ ।
काठमाडौंका सीडीओ कालिप्रसाद पराजुली, भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराई र ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउने मोडालिटीबारे छलफल गर्ने तयारी छ ।
साथै काठमाडौं उपत्यकामा जेठ १४ गतेदेखि बन्द गरिएको किराना पसल र डिपार्टमेन्टल स्टोर खुल्ला गर्ने तयारी समेत भएको स्रोतले जानकारी दिएको छ । यस्तै सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी रहेको बुझिएको छ ।
जेठ १४ गते थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ । बैठकले निषेधाज्ञाको समय थप गरे पनि मोडालिटीमा केही परिवर्तन गरी सहजताउन्मुख गराउने बताइएको छ ।















प्रतिक्रिया