
ललितपुर, १७ जेठ । ललितपुरको एकान्तकुनास्थित आकाशे पुलमुनि एक अपरिचित महिलाको शव फेला परेको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित आकाशे पुलमुनि करिब ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन् । उनको हाल नाम, थर, वतन नखुलेको प्रहरीको भनाइ छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया