
काठमाडौं, १७ जेठ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले संविधानलाई धुजाधुजा बनाउन खोजिएको आरोप लगाएकी छिन् ।
बागमती प्रदेशसभाको आज (सोमबार)को बैठकमा आफ्नो धारणा राख्ने क्रममा शाक्यले सनकको भरमा प्रतिनिधिसभा विघटन गरेर अदालत गएर ब्युँताउनुपर्ने अवस्था आएको बताइन् ।
उनले सत्ताको नेतृत्व गरिरहेको आफ्नै पार्टीका नेताले त्यो अवस्था ल्याउनु दुःखद् भएको बताइन् । अहिलेको चुनौती संघीय लोकतान्त्रिक गणतन्त्र कसरी बलियो बनाउने, संविधानको रक्षा गर्ने नै भएको उनको ठहर थियो ।
शाक्यले संघीयता, लोकतन्त्र र संविधान कमजोर हुँदै गइरहेको टिप्पणी गरेकी छिन् । उनले सत्तामा बसेकाबाट संविधान र गणतन्त्र गुम्ने खतरा रहेको आरोप समेत लगाएकी छिन् ।
वाग्मती प्रदेशको आठौं अधिवेशन आइतबारबाट शुरु भएको छ ।















प्रतिक्रिया