
काठमाडौं, १७ जेठ । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार पनि प्रतितोला सुन २०० रुपैयाँले बढेर छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ, तेजावी ९३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
यो साताको सुरुवातसँगै आज दोस्रो दिन पनि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको हो ।















प्रतिक्रिया