५ मंसिर २०८३, शनिबार

एमालेको स्थायी कमिटी बैठक भोलि बस्दै, यस्ता छन् छलफलका विषय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि मंगलबार बस्ने भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेछ । हिजो आइतबार बस्ने भनिएको बैठक आज सोमबारका लागि सारिएको थियो । सोही बैठक भोलिका लागि सारिएको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारले ल्याएको बजेट, मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल हुन सक्ने बुझिएको छ ।

साथै पार्टीले स्पष्टीकरण सोधेका १२ जना सांसदहरुमाथिको कारबाहीबारे पनि बैठकमा छलफल गर्ने बताइएको छ ।