५ मंसिर २०८३, शनिबार

थाइ राजाले पठाए नेपाललाई स्वास्थ्य सामग्री

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामग्री सहयोग गरेको छ ।

थाइल्याण्ड नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाटले उपलब्ध गराएको ती सामग्री आइतबार शाही थाई एयर फोर्सको चार्टर विमानमा गरी ती सामग्री नेपाल आइपुगेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाथ्य सामग्री हस्तान्तरण कार्यक्रमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विषय परिस्थितिमा नेपालको लागि थाई राजपरिवारले गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल भित्रिएको ती सामग्री विभिन्न अस्पताललाई हस्तान्तरण गरिनेछ ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री श्रेष्ठले आफ्नै विमान चार्टर गरी कोभिड नियन्त्रण गर्न नेपालमा स्वाथ्य सामाग्री उपलब्ध गराएकोमा थाई नरेशप्रति आभार व्यक्त गरे ।