७ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमित उज्ज्वल थापालाई मष्तिष्कघात भएपछि अवस्था थप चिन्ताजनक

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । कोरोना संक्रमण पुष्टि भएपछि ह्याम्स र ग्रान्डी अस्पताल हुँदै हाल नेपाल मेडिसिटी अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको अवस्था थप चिन्ताजनक बनेको छ ।

विशेषज्ञहरूमार्फत ईसीएमओ प्रविधिबाट कोरोना संक्रमणको उपचार गराइरहेका थापालाई ब्रेन ह्याम्रेज (मष्तिष्कघात) समेत भएकाले अवस्था थप चिन्ताजनक भएको अस्पताल स्रोतले जनाएको छ । यसअघि उनका परिवार तथा शुभचिन्तकहरुले आजै प्रेस विज्ञप्तिमार्फत थापाको अवस्था जटिल बनेको जानकारी दिएका थिए ।

दुई हप्ताअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई विभिन्न अस्पतालमा राखेर उपचार गरिँदै आएको छ । दैनिक लाखौं रुपैयाँ खर्च लाग्ने भएपछि उनको परिवार र शुभचिन्तकहरुले आर्थिक संकलन गरेर खर्च धान्दै आएका छन् ।