
काठमाडौं, १६ जेठ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनको परिवारले जनाएको छ ।
परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट आज आइतबार जारी गर्दै उपचार भइरहेको भए पनि अवस्था जटिल हुँदै गएको जानकारी दिएका हुन् । ‘अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत दृष्टिगत गर्दै, उहाँको उपचार भइरहेको भए पनि उज्ज्वलको अवस्था जटिल हुँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराएका उनको विगत तीन दिनदेखि भने नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया