७ कार्तिक २०८३, शनिबार

तुलसीपुर मेट्रो अस्पतालाई प्रवासी नेपालीहरूको सहयोग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), १६ जेठ । दाङमा घर भएर विदेशमा बस्दै आएका विभिन्न व्यक्तिहरूले तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१ घर भई हाल युकेमा बस्दै आएका मेघराज ढकाल, श्रीगाउँ निबासी मनोहर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिका–८ घर भइ हाल युएसए बस्दै आएका ललित चालिसे, तुलसीपुर–५ निबासी प्रवीण गौतम, तुलसीपुर–९ घर भइ हाल अस्ट्रेलिया निबासी यज्ञ ढकाल र तुलसीपुर–१ घर भइ हाल काठमाडौं बस्दै आएका लोकराज ढकालले कोरोना आइसोलेसन सञ्चालन भएको मेट्रो अस्पताललाई उक्त सामग्री सहयोग गरेका हुन् ।

कन्सन्ट्रेटरले प्रतिमिनेट १० लिटर अक्सिजन उत्पादन गर्ने सहयोगी दाताहरूले जनाएका छन् । कन्सन्ट्रेटर एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा नगर प्रमुख पाण्डेले विदेशमा भएर पनि आफ्नो गाउँ–ठाउँको विकासमा एकवद्धता जनाउँदै सहयोग गर्नु महान कार्य भएको भन्दै धन्यवाद ज्ञापन गरे ।

कन्सन्ट्रेटर स्थानीय युवराज आचार्यले हस्तान्तरण गरेका थिए ।