
काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धन दलहरूले सरकारका कुनै पनि कामलाई सहयोग नगर्न सरकारका अङ्गहरूलाई चेतावनी दिएका छन् ।
सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै गठबन्धनले यस्तो चेतावनी दिएको हो । आज आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको गठबन्धन दलहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
प्रतिनिधिसभाको पुनःस्थापना र वैकल्पिक प्रधानमन्त्रीको रुपमा १४९ जना सांसदको हस्ताक्षर आफूहरूसँग रहेको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको संयुक्त विज्ञप्ति यस्तो छ–
















प्रतिक्रिया