काठमाडौं, १६ जेठ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट शुरु हुँदैछ । बैठक एक बजे बस्नेछ ।
बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।
यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरेका छन् । नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि नै विश्वासको मत लिने तयारी गरिएको छ ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत नलिदै बजेट अधिवशन बोलाएर बजेट पेश गर्ने तयारी गरेका छन् ।











प्रतिक्रिया