२ कार्तिक २०८३, सोमबार

अफगानिस्तानमा १६ प्रान्तका विद्यालयहरू बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफगानिस्तान, १६ जेठ । कोरोना सङ्क्रमण बढेपछि अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालय बन्द गरिएको छ ।

३४ वटा प्रान्तमध्ये १६ वटा प्रान्तका सबै विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरस फैलिँदै गएपछि ती प्रान्तका सबै विद्यालय बन्द गरिएको खबरमा भनिएको छ ।

अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघेको छ । सङ्क्रमण बढ्दै गएपछि जोखिम भएका क्षेत्रहरुका विद्यालय बन्द गरिएको हो ।

अफगानिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन हजार जनाको ज्यान गएको छ ।