
काठमाडौँ, १५ जेठ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिए ।
विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।












प्रतिक्रिया